शान्तिको बाटो रोजौँ, निर्वाचनमै निकास छ भन्दै प्रधानमन्त्रीले प्रसाईँलाई दिइन् बुद्धको फोटो उपहार

शान्तिको बाटो रोजौँ, निर्वाचनमै निकास छ भन्दै प्रधानमन्त्रीले प्रसाईँलाई दिइन् बुद्धको फोटो उपहार

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा शान्ति र स्थायित्व कायम राख्न निर्वाचन नै एकमात्र लोकतान्त्रिक उपाय भएको बताएकी छन्। उनले सबै पक्षलाई आन्दोलन र अराजकताको बाटो छोडेर शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न आग्रह गरिन्।

आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले देश अब थप अस्थिरता थेग्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरिन्। मुलुक निर्वाचनको प्रक्रियामा प्रवेश गरिसकेको भन्दै जनताबाट मतमार्फत आफ्ना मुद्दा अनुमोदन गराउनु नै उचित विकल्प भएको उनको भनाइ थियो।

प्रधानमन्त्रीले सरकार भ्रष्टाचार अन्त्य, शोषित–पीडितलाई न्याय दिलाउने दिशामा अघि बढेको दाबी गर्दै सबै समस्याको समाधान एकैपटक नदेखिए पनि आधार तयार हुँदै गएको बताइन्। उठाइएका जायज मागबारे छलफल र संवाद जारी रहने उनले स्पष्ट गरिन्।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले शान्तिको सन्देशस्वरूप दुर्गा प्रसाईँलाई भगवान् गौतम बुद्धको तस्वीर उपहार दिँदै शान्ति र संयम अपनाउन आग्रह गरिन्।

Logo