बालेन-रवि-कुलमानको एकतालाई अध्यक्ष ओली भने- ‘कुखुरा, बाख्रा र स्यालको मोर्चा’

बालेन-रवि-कुलमानको एकतालाई अध्यक्ष ओली भने- ‘कुखुरा, बाख्रा र स्यालको मोर्चा’

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशाल एमाले र कांग्रेस देखेपछि योसँग र उसँग मिल्ने क्रम जारी रहेको टिप्पणी गरेका छन् ।

आज ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले रास्वपा, उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरका मेयर बालेन शाहबिच एकतामाथि कटाक्ष गरेका हुन् । उक्त एकतालाई उनले दुब्लाहरूको मोर्चाबन्दीको संज्ञा दिँदै कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर केही नहुने दाबीसमेत गरे ।

साथै अध्यक्ष ओलीले देशमा को लोकप्रिय छ भन्ने चर्चा चुनावसम्म रहने भन्दै कतिपयले प्रधानमन्त्री नै बनाइसकेको टिप्पणी गरे । ‘देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ। प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं। कहिले होला? फागुन २१ मा होला, वैशाखमा होला, या अर्को मंसिरमा होला, हामी चुनाव पर्खिइहेका छौं ।’ उनले भनिन् ।

Logo