यी हुन् कुलमान घिसिङका तर्फबाट रास्वपाको सूचीमा परेका समानुपातिक उम्मेदवार

यी हुन् कुलमान घिसिङका तर्फबाट रास्वपाको सूचीमा परेका समानुपातिक उम्मेदवार

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पेश गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा उज्यालो नेपाल पार्टीका तर्फबाट कुलमान घिसिङले सिफारिस गरेका १४ जना परेका छन् ।

१४ जनामध्ये दुईजना आआफ्नो क्लस्टरमा पहिलो नम्बरमा रहेका छन् । आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा डा. राम लामा र दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा रहेका हुन् ।

समानुपातिक सूचीमा परेकामध्ये ४ जना पार्टीका संरक्षक तथा उर्जामन्त्री कुलमान घिसिङका आफन्त र निकटस्थ रहेको पाइएको छ । आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा रहेका राम लामा कुलमानका भान्जा पर्छन् ।

आदिवासी जनजातिकै क्लस्टरमा आठौं नम्बरमा नाम रहेका धर्मलाल तामाङ पनि कुलमानका नातेदार हुन् । उनी कुलमानका भाइको ससुरा भएको बुझिएको छ । तामाङ भर्खरै मात्र एमाले छोडेर मात्र उज्यालो नेपालमा आएका हुन् ।

सुचीमा कुलमान निकटका साथी खस आर्यको क्लस्टरमा १० औं नम्बरमा रहेका दुर्गाबहादुर सुबेदी परेका छन् । रामेछापमा उनीहरु छिमेकीसमेत थिए । सुबेदी नेकपा एस छोडेर उज्यालो नेपालमा आएका हुन् ।

यसैगरी कुलमानको तर्फबाट तुलसा वाइवा, अनुपकुमार उपाध्याय, डा. महेन्द्र लावती, डा. त्रिशला गुरुङ, माया डोल्मा लामा, सितादेवी पाण्डे र सरला लामिछाने समेटिएका छन् । साथै सोमप्रसाद चौधरी र बालिका चौधरी पनि सूचीमा परेका छन् ।

Logo