राप्रपामा पुनः एकता, लिङ्देन–थापा एउटै मञ्चमा

राप्रपामा पुनः एकता, लिङ्देन–थापा एउटै मञ्चमा

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । विभाजित बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः एकताको बाटोमा फर्किएको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच बुधबार काठमाडौंमा एकता घोषणासभा आयोजना गरिएको छ। यसअघि दुवै नेताले गत ९ पुसमा एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरिसकेका थिए। उक्त सहमति अनुसार आज औपचारिक रूपमा पार्टी एकीकरणको घोषणा गरिएको हो।

२०७८ मंसिरमा भएको राप्रपाको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि कमल थापाले २०७८ माघ २५ गते पार्टीबाट अलग हुने घोषणा गरेका थिए। त्यसपछि उनले २०७८ फागुन ७ गते ‘राप्रपा नेपाल’ गठन गरेका थिए। थापाले त्यसबेला महाधिवेशनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपका कारण आफू पराजित भएको आरोप लगाएका थिए। करिब तीन वर्षपछि दुवै धार पुनः एकै ठाउँमा आएपछि राप्रपाभित्रको विभाजन अन्त्य भएको संकेत मानिएको छ।

एकतासँगै आगामी चुनाव र संगठन विस्तारमा संयुक्त रूपमा अघि बढ्ने दुवै पक्षको तयारी छ।

Logo