एमाले उपमहासचिव भट्ट कैलाली -४ बाट एकल नाम सिफारिस

एमाले उपमहासचिव भट्ट कैलाली -४ बाट एकल नाम सिफारिस

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्ट फागुन २१ मा हुने निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर -४ बाट चुनाव लड्ने भएका छन्।

एमाले कैलालीका सचिव भुणमणी भट्टका अनुसार क्षेत्र नं. ४ को समन्वय कमिटीको बैठकले भट्टलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउने निर्णय गरेर भट्टको एकल नाम सिफारिस गरिएको हाे ।

०६४ पछि अहिलेसम्म चार पटक निर्वाचन लडेका उनले दुई पटक जित र दुई पटक हार बेहोरेका छन्। २०७९ को निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार विरबहादुर बलायरसँग पराजित भएका हुन् । ३ हजार ६ सय १२ मतले पराजित भएका थिए ।

Skip This
Skip This
Logo