एमाले पदाधिकारी को-कहाँबाट लड्दैछन् चुनाव ?

एमाले पदाधिकारी को-कहाँबाट लड्दैछन् चुनाव ?

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) ले निर्वाचन क्षेत्रगत रूपमा आफ्ना उम्मेदवारहरू धमाधम सिफारिस गरिरहेको छ । आज पौष २० गतेसम्म सबै जिल्लाका निर्वाचन क्षेत्रहरूको बैठक बसेर उम्मेदवार सिफारिस गर्नुपर्ने भन्दै केन्द्रीय सर्कुलर जारी गरिएको थियो ।

एमालेको सर्कुलरअनुसार सर्वसम्मति भएको स्थानमा एकल सिफारिस गर्ने र धेरै आकांक्षी भए कमिटी बैठकको निर्णयअनुसार सिफारिस गर्न निर्देशन दिइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट चुनाव लड्नका लागि एकल रूपमा सिफारिस भएका छन् । ओली संसदीय निर्वाचनमा सधैं यही क्षेत्रबाट उठ्दै आएका छन् । २०६४ सालको निर्वाचनमा पराजित भएका ओली अन्य सबै निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै आएका छन् । २०७९ को निर्वाचनमा ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गरी विजय हासिल गरेका थिए ।

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ समानुपातिक सूचीमा रहेका छन् । उनी प्रत्यक्ष निर्वाचन नलड्ने भएका छन् । यसैगरी पार्टीका अर्का केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल दुई स्थानबाट निर्वाचन लड्न सिफारिस भएका छन् । रुपन्देही क्षेत्र नं. २ बाट आगामी प्रतिनिधि सभाका लागि उनी एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन् । पौडेल २०५६ सालदेखि निरन्तर यसै क्षेत्रबाट उम्मेदवार रहँदै आएका छन् र २०६४ सालदेखि निरन्तर विजयी हुँदै आएका छन् । यसपटक उनको नाम पाल्पा क्षेत्र नं. २ बाट पनि सिफारिस भएको छ ।

पार्टी केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङबाट निर्वाचन लड्न सिफारिस भएका छन् । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका गुरुङ नेपालको संसदीय राजनीतिमा सबैभन्दा धेरै पटक उम्मेदवार बनेका नेतामध्ये एक हुन् । उनी २०४३ सालदेखि भएका सबै संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् । २०७९ को निर्वाचनमा उनले नेकपा (माओवादी केन्द्र) का देव गुरुङलाई पराजित गरेका थिए ।

लमजुङमा एमालेले गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले नेताहरू जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम सिफारिस गरेको हो ।

पार्टीका अर्का उपाध्यक्ष रघुजी पन्त चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा दोधारमा छन् । अघिल्लो पटक समानुपातिक सूचीबाट संसदमा प्रवेश गरी शिक्षा मन्त्रीसमेत बनेका थिए । भर्खरै सम्पन्न एमाले महाधिवेशनमा अध्यक्ष ओलीभन्दा फरक टिमबाट निर्वाचित उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी क्षेत्र नं. २ बाट सिफारिस भएका छन् । क्षेत्रीय कमिटीको बैठकमा विष्टको नाम एकल सिफारिस गर्ने प्रस्ताव भए पनि अन्य आकांक्षी देखिएपछि छ जनाकाे सिफारिस गरिएको छ । विष्टसँगै हालै माधव नेपाल नेतृत्वको पार्टी छोडेर एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्याल, जीवन खरेल र कृष्णप्रसाद आचार्यले पनि आकांक्षा राखेका छन् ।

यसैगरी पार्टी महासचिव शंकर पोखरेल दाङ क्षेत्र नं. २ बाट चुनाव लड्ने भएका छन् । क्षेत्रीय समन्वय समितिको बैठकले पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको हो । २०७९ को निर्वाचनमा पोखरेल माओवादी नेतृ रेखा शर्मासँग १९३ मतको अन्तरले पराजित भएका थिए ।

नेकपा विभाजनका बेला एमालेमै रहेका उपमहासचिव लेखराज भट्ट कैलाली क्षेत्र नं. ४ बाट एकल रूपमा सिफारिस भएका छन् । उनी २०६४ सालयता लगातार चार पटक उम्मेदवार बनेका छन्, जसमा दुई पटक विजयी र दुई पटक पराजित भएका छन् । २०७९ को निर्वाचनमा उनी यही क्षेत्रबाट पराजित भएका थिए ।

मधेस प्रदेशका प्रमुख नेताका रूपमा रहेका उपमहासचिव रघुवीर महासेठ धनुषा क्षेत्र नं. ४ बाट चुनाव लड्ने तयारीमा छन् । यद्यपि उनको नाम औपचारिक रूपमा सिफारिस भइसकेको छैन । उनकी पत्नी जुली कुमारी महतो भने धनुषा क्षेत्र नं. ३ बाट एकल रूपमा सिफारिस भएकी छन् ।

एमालेभित्र लोकप्रिय नेताका रूपमा चिनिएका योगेश भट्टराई ताप्लेजुङबाट निर्वाचन लड्न सिफारिस भएका छन् । एमाले ताप्लेजुङले भट्टराईसहित कोशी प्रदेशका सांसद एवं केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, युवा संघका केन्द्रीय अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य क्षितिज थेवे, कोशी प्रदेशका पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्य टंक आङ्बोहाङको र फुङलिङ नगरपालिका उपप्रमुख एवं जिल्ला कमिटी उपसचिव भिमादेवी ओझाको नाम पनि सिफारिस गरेको छ । । भट्टराई यसअघि लगातार दुई पटक सोही क्षेत्रबाट निर्वाचित भइसकेका छन् ।

एमाले सचिव पद्मा अर्याल समानुपातिक सूचीमा महिला क्लस्टरको पहिलो नम्बरमा रहेकी छन् । सचिव महेश बस्नेत भक्तपुर क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने तयारीमा छन् । अघिल्लो निर्वाचनमा उनी कांग्रेसका दुर्लभ थापासँग ९९७ मतले पराजित भएका थिए ।

एमाले सचिव छविलाल विश्वकर्मा रुपन्देही क्षेत्र नं. १ बाट पुनः चुनाव लड्ने भएका छन् । उनी अघिल्लो निर्वाचनमा घनश्याम भुसाललाई पराजित गर्दै विजयी भएका थिए ।

काठमाडौं क्षेत्र नं. ४ बाट एमाले सचिव डा. राजन भट्टराई पुनः सिफारिस भएका छन् । उनीसहित १२ जनाको नाम सिफारिस गरिएको छ । यसै क्षेत्रबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीको नाम पनि सिफारिसमा परेको छ ।

नेकपा (एमाले)को पकड क्षेत्र मानिएको मोरङ–३ मा अघिल्लो निर्वाचनमा दोब्बर मतले नेपाली कांग्रेसका नेता डा. सुनील शर्मासँग पराजित भएका एमाले सचिव भानुभक्त ढकाल सो क्षेत्र छोडेर तेह्रथुमबाट सिफारिस हुन पुगेका छन् । एमाले तेह्रथुमले ढकालसहित ७ जनाको नाम सिफारिस गरेको छ ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले सचिव शेरधन राई भोजपुरबाट चुनाव लड्दै छन् । उनी २०७९ को निर्वाचनमा माओवादीका सुदन किरातीसँग २ हजार ३ सय ८९ मतले पराजित भएका थिए ।

मंसिर अन्तिम साता सम्पन्न भएको एमाले महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये दुई जना मुख्यमन्त्री रहेका कारण प्रतिनिधिसभा सदस्यको निर्वाचन नलड्ने भएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल यस दौडबाट बाहिर रहेका छन् भने खगराज अधिकारी प्रदेशसभा सदस्य रहेका छन् ।

को कहाँबाट सिफारिस भए ?

मिलन गुरुङ (चक्रे मिलन)  — गोरखा
हरी उप्रेती — सर्लाही–३
केपी शर्मा ओली — झापा–५
झापा–४ — एलपी सावासहित ३ जना
इलाम — सुहाङ नेम्बाङ
इलाम — महेश बस्नेतसहित ५ जना
ताप्लेजुङ — योगेश भट्टराईसहित ३ जना
बझाङ — ऐन महरसहित ३ जना
सुर्खेत क्षेत्र नं. १ — बद्रुव शाही
सिन्धुपाल्चोक क्षेत्र नं. १ — अरुण नेपालसहित ९ जना
सिन्धुपाल्चोक क्षेत्र नं. २ — हस्त पण्डित, सुभाष कर्माचार्य, शेरबहादुर तामाङसहित २० जना
दैलेख क्षेत्र नं. २ — विष्णु रिजालसहित ३ जना
बारा–३ — अध्यानन्द पाण्डे, यम समुल्लाह र सीमा ठकुरी
गुल्मी–१ — प्रदीप ज्ञवाली
गुल्मी–२ — गोकर्ण विष्ट, नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जना
कैलाली–५ — नारदमुनि राना, यज्ञराज ढुङ्गाना र सरिता सिजापति
स्याङ्जा क्षेत्र नं. १ — नारायणप्रसाद परासिनी, सीमाकुमार क्षेत्री, टेकु नेपाली, मीनप्रसाद गुरुङ, पिताम्बर खनाल र इश्वरी सिग्देल अर्याल
स्याङ्जा क्षेत्र नं. २ — खेमबहादुर थापा, शोभियत ढकाल, मोहन रेग्मी, उदय श्रेष्ठ, महेन्द्र थापा मगर, सूर्यप्रसाद गैरे, रामचन्द्र भट्टराई र ऋषि कँडेल
बाँके क्षेत्र नं. १ — सूर्य ढकाल
बाँके क्षेत्र नं. २ — निरक गुरुङ, कृष्णप्रसाद श्रेष्ठ र अछरी पोख्रेल
बाँके क्षेत्र नं. ३ — दलबहादुर सुनार
पाल्पा क्षेत्र नं. १ — नारायणप्रसाद आचार्य, राधाकृष्ण कँडेल, निल सारु, विमल काफ्ले, शिव अर्याल र दुर्गादेवी राना
पाल्पा क्षेत्र नं. २ — विष्णुप्रसाद पौडेल, ठाकुर गैरे, नारायणी शर्मा घिमिरे र रामबहादुर राउत
सिरहा–३ — लीलानाथ श्रेष्ठ
महोत्तरी–१ — लक्ष्मी महतो कोइरी
सर्लाही–१ — मनोजकुमार देवकोटा
सर्लाही–३ — हरि उप्रेती
रौतहट–१ — अजय गुप्ता
नुवाकोट–१ — बद्री मैनाली
काठमाडौं–२ — मणिराम फुयाल
नवलपुर–२ — तिलक महत
कपिलवस्तु–१ — विश्राम चौधरी
सुर्खेत–२ — कलाधर देवकोटा
सल्यान — गुलाबजंग शाह
कैलाली–४ — लेखराज भट्ट
मकवानपुर–२ — महेश बर्तौला र सुवासचन्द्र ठकुरी
रुपन्देही क्षेत्र नं. २ — विष्णुप्रसाद पौडेल
रुपन्देही–५ — खिमलाल भट्टराई
सुनसरी–१ — मञ्जु भण्डारी, जयकुमार राई, लहरुमाया जिमी, इन्द्रकुमार राई, टिका माङ्लेन, राजेन्द्र कार्की, सूर्य पन्धाक र नारायण सुवेदी
दार्चुला — गणेशसिंह ठगुन्ना
डोटी — चक्रबहादुर मल्ल
रुकुम पूर्व — खेममान खड्का, आशा स्वर्णकार, चिन्तामणि दाहाल, मोहनभक्त बुढामगर र गोपालप्रसाद सुनार
बैतडी —दामाेदर भण्डारीनुवाकोट क्षेत्र नम्बर २ केशबराज पान्डे
मोरङ २ —ऋषीकेस पोखरेल र दिलिप अग्रवाल
बागलुङ १ —हिराबहादुर केसी इन्द्रलाल सापकोटा र मना कुमारी जिसी केसी
रुपन्देही — क्षेत्र नं १ छविलाल विश्वकर्मा दधिराम न्यौपाने र डा. कृष्ण न्यौपाने
काभ्रे–१ अमित लामा, चन्द्र लामा, रेशम लामा, राकेश लामा, रक्की लामा, रामहरि सुबेदी, कुलचन्द्र अधिकारी
रामेछाप कैलाश ढुङगेल ,माधव ढुङगेल , रत्न गौतम
काभ्रे क्षेत्र नं. २ — गोकुल बास्कोटा
मुस्ताङ — टसी स्हाङ, इन्द्रधारा विष्ट र विनोद विसी
दाङ १ — रेवतीरमण शर्मा घिमिरे, अर्जुन गुरुङ, डाक्टर सुरामणी बेल्वासे, रामप्रसाद गैरे र कमला आचार्य
रौतहट क्षेत्र नम्बर १ — अजय कुमार गुप्ता
कपिलवस्तु क्षेत्र नम्बर २— दीर्घनारायण पाण्डे
झापा क्षेत्र नं. २ —देवराज घिमिरे, अग्नी खरेल,अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्र प्रसाद ओली, एकराज कार्की, प्रेम गिरी, पवित्रा पाठक, पर्वतराज भण्डारी
जुम्ला —शान्तिलाल महत
कैलाली क्षेत्र नम्बर ३ — गौरीशङ्कर चौधरी, ममता प्रसाद चौधरी, छायादेवी देवकोटा
कञ्चनपुर क्षेत्र नम्बर २ — अशोक चन्द नर बहादुर धामी पार्वती जोशी
मोरङ १ — घनश्याम खतिवडा, विनोद ढकाल, शान्ति लिम्बु, योगेश बस्नेत, डिल्ली शर्मा अधिकारी, भूपाल जिमी
मोरङ ३ — वासुदेव थापा, विजय डाँगी, सुजय गौतम, प्रकाश राई, किशोर राई, ज्ञानेन्द्र सुवेदी, केदारप्रसाद गुरागाईँ , इरान राई, सुरेन्द्रबहादुर थापा, मधु गुरुङ, धनमाया तामाङ, वीरेन्द्र श्रेष्ठ, मोहनप्रसाद न्यौपाने, रविन थापा, भानुभक्त ढकाल
मोरङ ४ — जीवन घिमिरे, विनोद ढकाल, नरेन्द्र बस्नेत, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी, मनोजविक्रम शाह, मृत्युञ्जय झा, मिना चौधरी
मोरङ क्षेत्र नं ५— उद्धव पोखरेल, वीरेन्द्र यादव, मिना यादव, मझार आलम, दिलसाद आलम, मनोज तिवारी
क्षेत्र नं. ६ — लालबाबु पण्डित, विनोद ढकाल, पर्शुराम बस्नेत, सत्यनारायण चौधरी, भूराज राई, यशोदा अधिकारी, रिता न्यौपाने
धनकुटा — राजेन्द्र कुमार राई
गलुङ–२ मञ्जु शर्मा चालिसे
सिन्धुली १ — प्रदीप कटुवाल, गणेश पहाडी, सुवास देवकोटा, डा. वसन्त न्यौपाने, केदार देवकोटा, ध्रुव श्रेष्ठ, डम्बर कार्की, नारायण अधिकारी र निलिमा गुरुङ
मकवानपुर–१ बाट रामेश्वर राना, हिदम लामा, मदनकुमार दाहाल, कृष्णप्रसाद दाहाल, रामचन्द्र राई र नारायण सापकोटा
डोटी — लेखराज भट्ट, चक्र मल्ल, दीर्घ बोगटी, मञ्जु मलासी, महेश्वर भाट , गोविन्द पार्की, दिनेश घर्ती मगर, दिपक धामी बर्दिया क्षेत्र नं. १ — शालिकराम अधिकारी, कपिल ज्ञवाली, गोविन्द थपलिया, सुरेश रेग्मी र सुष्मा चौधरी गोविन्द थपलियाबारा क्षेत्र नम्बर ४— कृष्णकुमार श्रेष्ठ (किसान),अमर यादव र सीता गुरुङझापा निर्वाचन क्षेत्र नं ३ दीपक कार्की, देवेन्द्र आचार्य, बसन्त बानियाँ, सन्तलाल मेचे र हरिबहादुर राजवंशी

Skip This
Skip This
Logo