ओलीलाई बयानका लागि जाँचबुझ आयोगले पठायो पत्र

ओलीलाई बयानका लागि जाँचबुझ आयोगले पठायो पत्र

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काटेको छ ।

तत्कालीन गृहमन्त्रीको बयान सकिएपछि आयोगले ओलीलाई पत्र पठाएको हो ।

आयोगले तत्कालीन गृहमन्त्री, प्रधानसेनापति, प्रहरीका वर्तमान र पूर्वप्रमुख, सशस्त्र प्रहरीका प्रमुख, काठमाडौंका तत्कालीन सीडीओ, काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख लगायतसँग बयान लिइसकेको छ।

तर, ओलीले सार्वजनिक रूपमै आयोगप्रति असहमति जनाउँदै बयान दिन नजाने बताउँदै आएका छन् ।

Logo