राष्ट्रिय सभा चुनाव अंकगणितसँगै राजनीतिक रणनीतिको निर्णायकमा

राष्ट्रिय सभा चुनाव अंकगणितसँगै राजनीतिक रणनीतिको निर्णायकमा

१८ सिटको चुनावका लागि आजबाट औपचारिक प्रतिस्पर्धा

केन्द्रबिन्दु
42
Shares

काठमाण्डौँ । राष्ट्रिय सभाका १९ मध्ये १८ सिटका लागि निर्वाचन हुँदैछ । प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहने यो निर्वाचनमा सातै प्रदेशबाट मतदान हुनेछ । बाँकी एक सिटमा सरकारको सिफारिस हुनेछ ।

एक्लाएक्लै मैदानमा उत्रिए कांग्रेस लाभमा

दलहरूबीच अन्तिमसम्म सहकार्य नबने एक्लाएक्लै उम्मेदवारी परेमा कोशी प्रदेशमा एमाले बलियो देखिन्छ । तर मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा कांग्रेसको मतभार अगाडि छ । कर्णालीमा कांग्रेस र नेकपा लगभग बराबरी अवस्थामा छन् ।

कांग्रेस–एमाले मिले सबै सिट सुरक्षित

कांग्रेस र एमालेबीच सहकार्य भए सातै प्रदेशमा संयुक्त मतभार स्पष्ट बहुमतमा पुग्ने अंकगणित छ । अन्तर्घात नभए १८ वटै सिट उनीहरूकै पक्षमा जाने सम्भावना देखिन्छ ।

एमाले–नेकपा समीकरणमा साना दल निर्णायक

एमाले र नेकपा मिले कोशी, बागमती, गण्डकी र कर्णालीमा बहुमत पुग्छ । तर मधेश, लुम्बिनी र सुदूरपश्चिममा जसपा नेपाल, नाउपा र लोसपाको समर्थन बिना जित सम्भव छैन ।

कांग्रेस–नेकपा तालमेल मधेशमा अड्किन सक्छ

कांग्रेस र नेकपा मिल्दा मधेश बाहेक अन्य प्रदेशमा बहुमत देखिन्छ । मधेश प्रदेशमा जसपा नेपालको भूमिकाले नतिजा तय गर्नेछ । समर्थन नआए चार सिट गुम्ने जोखिम रहन्छ ।

तीन दल मिल्ने विकल्प पनि खुला

कांग्रेस, एमाले र नेकपा तीनै दल मिलेर चुनाव लड्ने विकल्प पनि अन्तिम क्षणसम्म छलफलमै छ । यस्तो अवस्थामा सातै प्रदेशमा सिट बाँडफाँट अनुसार नतिजा आउने नेताहरूको बुझाइ छ ।

आजै तय हुने संकेत

उम्मेदवारी दर्तासँगै आजै अधिकांश प्रदेशमा उम्मेदवारको तस्वीर स्पष्ट हुने देखिन्छ । राष्ट्रिय सभा चुनाव अंकगणितसँगै राजनीतिक रणनीतिको निर्णायक परीक्षा बन्दै गएको छ ।

Logo