दलिय भागवण्डामा रुमलियो राष्ट्रिय सभा मनोनयन! प्रचण्डलाई फकाउँदै ओली -देउवा,निर्णायक दाउमा प्रचण्ड

दलिय भागवण्डामा रुमलियो राष्ट्रिय सभा मनोनयन! प्रचण्डलाई फकाउँदै ओली -देउवा,निर्णायक दाउमा प्रचण्ड

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म पनि सिट बाँडफाँटमा प्रमुख दलबीच तालमेलको प्रयास जारी छ, तर अन्तिम निर्णय अझै टुंगोमा पुगेको छैन।

स्रोतका अनुसार, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले ‘बोली फेरेपछि’ सिट बाँडफाँटमा सहमति नजुटाएका कारण अहिले कांग्रेस–एमालेबीच मात्र सिट बाँडफाँटको छलफल भइरहेको छ। कांग्रेसका नेताहरू भन्छन्, ‘यदि प्रचण्ड सहमतिमा नआए, कांग्रेस १० र एमाले ८ सिट लिने विकल्पमा छलफल जारी छ।’

सुरुमा कांग्रेस–एमाले ७–७, नेकपा ३ र जसपा नेपाल १ सिट बाँडफाँटमा सहमत हुने प्रयासमा थिए । तर प्रचण्डले पछिल्लो समय कम्तिमा चार सिट माग्दै तालमेलमा अनिच्छा देखाउँदा अन्तिम टुंगो रोकिएको बताइन्छ । प्रचण्डलाई सहमतिमा ल्याउन ओली र देउवा लागि परेपनि प्रचण्ड आफ्नै अडानमा रहेका कारण टुङ्गो लाग्न नसकेको एमाले स्रोतले बताएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, प्रचण्डले पहिले तीन सिट स्वीकारे पनि अहिले बोली फेरिसकेका छन्, जसले सिट बाँडफाँटमा अस्थिरता सिर्जना गरेको छ।

Logo