नेता डा. सुनिल शर्मा भन्छन्- भोट होइन, आशीर्वाद दिनुहोस्

नेता डा. सुनिल शर्मा भन्छन्- भोट होइन, आशीर्वाद दिनुहोस्

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । कहिलेकाहीँ जीवनको दिशा कुनै नाता, कुनै स्वार्थ, कुनै गणनाले नभएर केवल एउटा पीडाले अर्को मनलाई छोएको क्षणले बदलिन्छ । त्यहाँ न त रगतको सम्बन्ध हुन्छ, न त लाभ-हानीको तराजु, न राजनीति, न जातीय पहिचान । हुन्छ त केवल एउटा कमजोर सासको करुण पुकार र त्यो पुकार सुन्न सक्ने एउटा संवेदनशील मन । यो एउटा यस्तै करुणामयी मानवीय भावनाले सिर्जना गरेको यथार्थ हो जहाँ मानवता सबै मूल्यभन्दा माथि छ ।

मोरङ बेलबारी नगरपालिका-३ का १९ वर्षीय सुसन राई दुवै मिर्गौला फेल भई लामो समयदेखि जीवन मरणको दोसाँधमा तड्पिरहेका थिए । कमजोर आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित सुसनको स्वास्थका बारेमा जब नेपाली कांग्रेसका लोकप्रिय नेता डा. सुनिल शर्माले जानकारी पाए तब उनी दिनरात नभनी उनको जीवन बचाउने प्रयासमा लागि परे । डाक्टर शर्माकै पहलमा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उनको निःशुल्क उपचार सुरु भयो । मिर्गौला प्रत्यारोपणको प्रक्रिया र उपचार त चलिरहेकै थियो तर यत्तिले मात्रै समस्या समाधान हुने अवस्था थिएन । किनकि उपचारको क्रममा सुसन र उनका कुरुवाका लागि बस्ने खाने अर्को ठूलो समस्या थियो । त्यो अवस्था देखेपछि डाक्टर शर्माले उनीहरूलाई उपचार पूरा नहुन्जेलसम्म आफ्नै घरमा बस्ने खाने व्यवस्थासमेत मिलाए ।

अझ भनौ नौ महिनासम्म सुसनका बाबुछोरालाई सुनिलले आफ्नै घरका सदस्य बनाए । तँ चिता म पुऱ्याउँछु भनेका भगवान्‌ले पनि सबैको पुकार सुने । लामो उपचारपछि अन्तत काठमाडौं मेडिकल कलेजका विज्ञ डाक्टरहरूको मेहनत र डा. सुनिल शर्माको निस्वार्थ प्रयास सफल भयो । सुसनले नयाँ जीवन मात्रै पाएनन्, उनको परिवारले बूढेसकालको सहारा पायो, एउटा युवाले आफ्ना सपना पूरा गर्ने अवसर पाए अनि समाजले भविश्यका एउटा कर्णधार युवा । सुसन पूर्ण रुपमा स्वास्थ भएर आफ्नो गाउँ फर्केको पनि केही समय बितिसकेको थियो । तर यतिले मात्रै डाक्टर शर्मा सन्तुष्ट थिएनन् ।

बेलाबेलामा उनको मनमा आफूले उपचार गराएका सुसन अहिले कस्तो भए होलान् भन्ने कौतुहलता जागिरहन्थ्यो । त्यही जिज्ञासाले उनलाई फेरि एकपटक सुसनकै जन्मघरसम्म डोर्यायाे र आफ्ना अन्य सम्पूर्ण जिम्मेवारी पन्छाउँदै पुगे उनको जन्मथलो । त्यहाँ पुग्दाको माहोल वेग्लै थियो । केही समयअघिसम्मका रोगी सुसन अहिले पूर्ण रुपमा हट्टाकट्टा भएर आफ्नो परिवारसँग रमाइरहेका थिए। छोराको पुनर्जीवन दिलाइ दिने भगवान्‌को प्रतिरुप आफ्नै आँगनमा आइपुग्दा आमाबुबा नरमाउने कुरै भएन, परिवारै जम्मा भएर खुशीका आँसु साट्दै थिए। सुसनकी आमाले छोराको उपचार गरिदिने व्यक्तिलाई आफ्नै घरको आँगनमा देख्दा निकैबेर पत्याउनै सकिरहेकी थिइनन् । के भन्ने ? कसो गर्ने ? उनी अतालिएकी थिइन् । उता टोलछिमेक भेला भएर डाक्टर शर्माले गरेका मानवीय कार्यको लेखाजोखा गर्दै थिए ।

आफूले सहयोग गरेर उपचारपछि स्वस्थ्य भएका सुसनलाई देखेपछि सुनिल पनि निकैबेर भावुक बने । आफ्नो पुकार सुनिदिएकोमा भगवान्लाई मनमनै धन्यवाद दिए अनि उनकै परिवार तथा छरछिमेकीसँग आफ्ना मनोभावना बाँड्न अग्रसर भए । एउटा कलिलो जीवन बचाउन सफल भएकोमा उनी भित्रैदेखि हर्षित त थिए नै, त्योभन्दा पनि बढी पुण्य कमाउने अवसर दिएकोमा गाउँ अनि समाजप्रति आभारी, र कर्तव्य निर्वाह गर्ने हिम्मत दिएकोमा भगवान्प्रति नतमस्तक । त्यसै पनि सुनिल व्यक्तिगत रुपमा भगवान् बुद्धका अनुयायी हुन् भने राजनीतिक विचारका हिसाबले बीपी कोइरालाको पदचाप पच्छ्यायदै हिँडेका समाजसेवी । त्यसैले उनमा मानवताप्रतिको धारणा सधैं सकारात्मक र गहिरो छ । प्रत्येक मानवीय समवेदनाले उनलाई चसक्क छोइहाल्छ, नाघेर हिँड्नै सक्दैनन् ।

एउटा घाउ निको भएको खुशी साट्न गाउँ पुगेका सुनिलले त्यहीं अर्को त्योभन्दा पनि चराइरहेको चित्कार सुने। त्यसपछि उनको यात्राको कथाले फरक मोड लियो । सुसनको सफल उपचारको कथा सकिन नपाउँदै सुरु भयो मोरङ, बेलबारी नगरपालिका-३ खोरियाका चन्द्रबहादुर सुब्बाको कथा त्यो कुनै सामान्य कथा थिएन, एउटा अर्को विकराल कथा उनको आँखा अगाडि उभिएको थियो ।

मिर्गौला फेल भएका चन्द्रवहादुर विगत दुई वर्षदेखि डायलासिस गराइरहेका थिए । न त उनीसँग मिर्गौला प्रत्यारोपण गर्ने पुँजी थियो न त्यसका लागि आवश्यक पर्ने औषधिमूलो, न गाँसबासको जोहो । चन्द्रबहादुरको त्यो अवस्था देखेपछि सुनिलको मन फेरि पग्लियो । आखिर मान्छेको एउटा मन कति पटक पग्लिन्छ ? त्यो त बनउने भगवान्लाई नै थाहा होला, तर क्षणभरमै सुनिलले चन्द्रबहादुरको उपचारको सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा लिए। मिर्गौला प्रत्यारोपण त्यसै पनि निकै खर्चिलो हुन्छ, त्यो जिम्मेवारी सरकारले उठाउनुपर्ने हो।

तर पनि निजी क्षेत्रबाट गर्न सक्ने जति प्रयास गरिरहेका सुनिलले काठमाडौं मेडिकल कलेजमा चन्द्रवहादुरको निःशुल्क मर्गौला प्रत्यारोपण मात्र नभएर वस्ने खाने व्यवस्थासमेत मिलाइदिने वाचा गरे । अस्पतालको ढोकाबाट छिरेदेखि बाहिर ननिस्केसम्मको उपचार खर्च त निःशुल्क हुने घोषणा गरेकै थिए, तर त्यत्तिले मात्रै उनको मनले चित्त बुझाएन । व्यक्तिगत रुपमा दुई लाख रुपैयाँको औषधि पनि किनिदिन तयार भए । आखिर किन त ? केका लागि उनी यो सब गरिरहेका छन् ? यसमा उनको आफ्नै तर्क छ । भन्छन्, ‘यो सब मैले पैसा धेरै भएर गरेको होइन । मानव चोला हामीले चाहेर पनि सधैं रहँदैन एक दिन हामीले सबैथोक छोडेर जाने नै हो ।’

Skip This
Skip This
Logo