काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाविरुद्ध खुला विद्रोह चर्किएको छ । विधानअनुसार विशेष महाधिवेशन माग्दा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि पार्टी फुटाउन खोजेको आरोप संस्थापन पक्षको रहेको छ । तर गगन थापा विश्वप्रकाश समुहले भने महाधिवेशन विधानअनुसार भएको बताईरहेका छन् । महामन्त्री थापाले भने “
पार्टीका जिम्मेवार व्याक्तिहरुलाई महाधिवेशनमा नआउन भन्न र फोन गर्न भ्याइनभ्याई भएको गगन थापको आरोप छ । घर जान परेको छ हस्ताक्षर गरेको साथी नआउनु होला, नेताहरुलाई भ्याईनभ्याई छ, मुख्यमन्त्रीहरुलाई भ्याइनभ्याइ छ, नेताका सहयोगीलाई भ्याइनभ्याई छ, हस्ताक्षर गरेका प्रतिनिधी लाई नआउन भन्नमा भ्याइनभ्याई छ । चुनाव आउँदै छ तपाईँ चुनाव लड्ने मान्छे हो नआउनुहोला भन्नमा भ्याइनभ्याई छ ,पार्टी फुट्छ नआउनुहोस । ”
यस्तै थापाले महामन्त्री विश्वप्रकाश शर्माले विश्वासका साथमा पार्टी फुट्दैन भनेर जिम्मेवारी रुपमा बताए पनि पार्टी फुटाउन खोजेको आरोप संस्थापन पक्षले लगाइरहेका छन् । आँफुहरुको प्रयास काँग्रेस कमजोर बनाउन नभई जनतासँग जोड्न खोजेको थापाको जिकिर छ ।
देउवा समूह सत्ता जोगाउने खेलमा केन्द्रित हुँदा कांग्रेसको उदार लोकतान्त्रिक चरित्र कमजोर बन्दै गएको आरोप अन्य नेताहरुले लगाएका छन्। पुस्ताले लगाएका छन् । बहुमत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशनलाई व्यक्तिगत लहड भन्दै अस्वीकार गर्नु स्वयं विधानमाथिको प्रहार भएको उनीहरूको ठहर छ ।
२०५९ मा कांग्रेस फोरेर प्रजातान्त्रिक बनाउनेहरू आज विधिको कुरा गर्नेहरूलाई अराजक ठहर गरिरहेका छन ्। इतिहासबाट नसिक्ने नेतृत्वकै कारण कांग्रेस बारम्बार संकटमा परेको टिप्पणी तीव्र बनेको छ ।





























प्रतिक्रिया