विशेष महाधिवेशन अडानमै गगन–विश्व, कांग्रेसको आकस्मिक बैठकमा अनुपस्थित

विशेष महाधिवेशन अडानमै गगन–विश्व, कांग्रेसको आकस्मिक बैठकमा अनुपस्थित

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद चुलिँदै जाँदा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा सहभागी भएनन्।

आज बिहान सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरू उपस्थित भए पनि दुई महामन्त्री भने अनुपस्थित रहे।

पार्टी नेतृत्वले बैठकमार्फत आन्तरिक छलफल अघि बढाउन खोजिरहेका बेला महामन्त्रीद्वयले भने विशेष महाधिवेशनकै प्रक्रियामा अघि बढ्ने अडान दोहो¥याएका छन्। उनीहरूले २७ र २८ पुसमा विशेष महाधिवेशन आह्वान गरिसकेका छन्।

कांग्रेसभित्र विधि र नेतृत्वबीचको टकराव यससँगै थप सतहमा आएको छ।

Skip This
Skip This
Logo