‘हिजो देश नबनेको चिन्ता थियो, आज नबच्ने हो कि भन्ने निराशा छ’ -पूर्वराजा शाह

‘हिजो देश नबनेको चिन्ता थियो, आज नबच्ने हो कि भन्ने निराशा छ’ -पूर्वराजा शाह

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू नारायणहिटी दरबारबाट बाहिरिएको करिब दुई दशक पुग्न लाग्दा पनि मुलुकले सही दिशा लिन नसकेकोमा दुःख व्यक्त गरेका छन् ।

३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा एक विशेष सन्देश जारी गर्दै पूर्वराजा शाहले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । “हिजो देश नबनेकोमा चिन्ता थियो। आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।” उनले भनेका छन् ।

साथै मुलुकको निकासका लागि राष्ट्रिय सहमति अपरिहार्य रहेको उल्लेख गर्दै उनले सहमति बिनाको प्रयास समयको बर्बादी मात्र हुने चेतावनी दिएका छन् ।

Logo