मलाई कुनै पदको लोभ छैन, महाधिवेशन मार्फत कांग्रेस सुधार मेरो मिसन हो: डा.शेखर कोइरला

मलाई कुनै पदको लोभ छैन, महाधिवेशन मार्फत कांग्रेस सुधार मेरो मिसन हो: डा.शेखर कोइरला

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पार्टी विभाजनको कारक बन्न नहुने चेतावनी दिएका छन्। भिडियो सन्देश जारी गर्दै उनले निर्वाचनको संघारमा रहेको देश, अनिर्वाचित सरकार र संविधानमाथि देखिएको संकटका कारण कांग्रेस झनै जिम्मेवार हुनुपर्ने बताए ।

उनले जेनजी आन्दोलनपछि राजनीतिक दलहरूको असफलतामाथि प्रश्न उठेको उल्लेख गर्दै कांग्रेसभित्र त्यसको प्रभाव देखिएको स्वीकार गरे। यही पृष्ठभूमिमा संगठित गतिविधि बढेको र विशेष महाधिवेशन अपरिहार्य बनेको उनको भनाइ छ ।

कोइरालाले आफूले सधैँ विधि र प्रक्रियामै रहेर संघर्ष गरेको बताउँदै व्यक्तिगत पद–लालसा नभएको दाबी गरे। मन्त्री, महामन्त्री वा सभापति बन्ने आकांक्षा आफूलाई नभएको भन्दै उनले शान्त तर दृढ शैलीमा पार्टी सुधारका लागि लडिरहने बताए ।

महाधिवेशन प्रतिनिधिलाई कांग्रेसको धरोहरको रूपमा उल्लेख गर्दै उनले सबै कांग्रेसजन एक ठाउँमा उभिएर महाधिवेशन गर्न नसकिने हो ? भन्दै प्रश्न गरे। “विधान कार्यान्वयन र पार्टीलाई निकास दिन म निरन्तर लागिरहेको छु,” शेखर कोइरालाले स्पष्ट पारे।

Logo