काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले पार्टीभित्र अब अभिमानी पदाधिकारीले महाधिवेशन प्रतिनिधिको बहुमत लत्याउने प्रयास नगर्ने स्पष्ट संकेत दिएका छन्।
भृकुटीमण्डपमा आयोजित दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा आचार्यले भने, “महाधिवेशनको बहुमत जहाँ हुन्छ, पार्टी त्यहीँ हुन्छ, विशेष महाधिवेशनले अब विधानसम्मत पार्टी चलाउनुपर्ने स्पष्ट सन्देश दिएको छ,कुनै पनि पदाधिकारीले प्रतिनिधिको बहुमतलाई बेवास्ता गर्न सक्दैन।”
उनले थपे, “विशेष महाधिवेशनले विधि र लोकतन्त्रको स्थापनामा काम गरेको छ । अबको कांग्रेस भोलिबाट हिजो र आजको जस्तो रहने छैन। यो महाधिवेशनले पार्टीलाई व्यवस्थित, सशक्त र भविष्यमुखी बनाउने बाटो खोलिदिएको छ ।”
आचार्यले अबको कांग्रेस भोलिबाट हिजो र आजको जस्तो नहुने, विधि र लोकतन्त्रको आधारमा अघि बढ्ने पनि बताए।





























प्रतिक्रिया