कांग्रेसभित्र झगडा हाेइन, विचारको संघर्ष चलेकाे हो -महामन्त्री थापा

कांग्रेसभित्र झगडा हाेइन, विचारको संघर्ष चलेकाे हो -महामन्त्री थापा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र देखिएको वर्तमान अवस्थालाई ‘झगडा’ हाेइन विचारको संघर्ष भएकाे बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यो संघर्ष पद वा शक्तिका लागि नभई पार्टीको विचार र सिद्धान्तलाई पुनर्जीवित गराउनका लागि भएको दाबी गरेका हुन् ।

“कतिलाई बाहिरबाट हेर्दा नेपाली कांग्रेसभित्र झगडा भइरहेको जस्तो पनि लागेको होला । तर कुरा त्यो होइन । यो संघर्ष नै हो । तर यो शक्तिको संघर्ष होइन, विचारको संघर्ष हो ।”

Logo