निर्वाचनअघि साझा राष्ट्रिय समझदारी आवश्यक छ -गगन थापा

निर्वाचनअघि साझा राष्ट्रिय समझदारी आवश्यक छ -गगन थापा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा सदस्यको निर्वाचनअघि साझा राष्ट्रिय समझदारी आवश्यक रहेको औंल्याएका छन् ।

दोस्रो विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै महामन्त्री थापाले जेनजी पुस्ताको परिवर्तनको आवाज सम्बोधन गर्न र संस्थागत गर्न राष्ट्रिय समझदारी आवश्यक रहेको बताएका हुन् ।

‘जेनजी पुस्ताले परिवर्तनका लागि मुखरित गरेका आवाजको सम्बोधन र संस्थागत रुप दिन आज बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक छ भन्ने नेपाली कांग्रेसको ठहर छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सुशासन लगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्दै संविधानको मर्म र मूल्य–मान्यताविपरीत नगई रुपान्तरणसहित देशलाई शान्ति, स्थिरता तथा समुन्नतिको दिशातर्फ अघि बढाउन आसन्न निर्वाचन भन्दा अगाडि नै साझा राष्ट्रिय समझदारी आवश्यक छ ।’

Logo