काठमाडौं । नेपाली कांग्रेसमा पहिलोपटक ‘प्राइमरी इलेक्सन’को व्यवस्था हुने भएको छ ।
भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्दै महामन्त्री गगन थापाले पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा (प्राइमरी इलेक्सन)को व्यवस्था गरिने बताएका हुन् ।
प्रस्तावमा भनिएको छ, ‘पार्टीभित्र सम्बन्धित तहका सदस्यबाट आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन) को व्यवस्था गरी सबैभन्दा बढी मत ल्याउने महिलासहित तीनजना व्यक्तिमध्यबाट सम्बन्धित तहमा उम्मेदवार बनाउने प्रणाली लागू गरिने छ । यसका लागि डिजिटल उम्मेदवार मूल्यांकन तथा सिफारिस प्रणालीले सबै इच्छुकलाई समान अवसर दिँदै योग्यता, क्षमता, इमानदारी र संगठनगत योगदानका आधारमा उम्मेदवार छनोट गर्ने सुनिश्चित गर्दछ ।’





























प्रतिक्रिया