काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग आज छलफल गर्ने भएका छन्।
विशेष महाधिवेशनका कारण पार्टी विभाजनको मुखमा पुगेपछि सभापति देउवा छलफलका लागि तयार भएका हुन् । यसअघि उनले विशेष महाधिवशेन पक्षसँग छलफल कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई अगाडि सारेका थिए। तर, सहमति जुट्न नसक्दा आज विशेष महाधिवेशन जारी छ ।































प्रतिक्रिया