कांग्रेस विवाद समाधान गर्न बसेको दुईपक्षीय बैठक फेरि बस्ने गरी स्थगित

कांग्रेस विवाद समाधान गर्न बसेको दुईपक्षीय बैठक फेरि बस्ने गरी स्थगित

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको बसेको दुईपक्षिय बैठक दिउँसो बस्ने गरी स्थगित भएको छ ।

पार्टीभित्र विशेष महाधिवेशन पक्ष र संस्थापन पक्ष सहमति खोज्नका लागि विहानदेखि तीन पक्षका नेताहरु संवादमा जुटेका थिए । दिउँसो २ः३० बजे फेरि बैठक बस्ने निर्णय भएको हाे ।

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए ।

Logo