निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि भृकुटीमण्डपमा बाक्लो संख्यामा प्रहरी तैनाथ

निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि भृकुटीमण्डपमा बाक्लो संख्यामा प्रहरी तैनाथ

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक भएपछि भृकुटीमण्डप क्षेत्रमा सुरक्षा बढाइएकाे छ ।

भृकुटीमण्डपमा तैनाथ प्रहरीले महाधिवेशन प्रतिनिधिबाहेकका व्यक्तिलाई बाहिर जान भन्दै माइकिङ गरेको छ । महाधिवेशन प्रतिनिधिहरुलाई भने हलभित्र पठाइएको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवशेनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि आज कार्यतालिका सार्वजनिक गरेको छ ।

विशेष महाधिवेशनको सोमबारदेखि जारी बन्द सत्रले आजै गठन गरेको निर्वाचन समितिले एक सूचनामार्फत कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीकाअनुसार केन्द्रीय नेतृत्व निर्वाचनका लागि आजै राति ९ बजेदेखि १ बजेसम्म मतदानको समय तोकिएको छ ।

सार्वजनिक कार्यतालिकामा दिउँसो १२ः३० बजे मतदाता नामावली प्रकाशन गर्ने र मतदाता नामावलीमाथिको दाबी विरोध र छानविन १ः३० बजेसम्म तोकिएको छ । त्यस्तै अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे, उम्मेदवार मनोनयन दर्ता २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको नामावली प्रकाशन अपाह्न ४ः३० बजे हुने कार्यतालिकामा उल्लेख छ ।

यसैगरी उम्मेदवारीमाथि दाबी विरोध साँझ ४ः३० बजेदेखि ५ बजेसम्म, उम्मेदवारीमाथि दाबी विरोध छानविन साँझ ५ देखि ५ः३० बजेसम्म, उम्मेदवारी मनोनयन फिर्ता ५ः३० देखि ७ः३० बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन ८ः४५ बजे निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ ।

Logo