प्रचण्ड–माधवले लिए पद तथा गोपनीयताको शपथ

प्रचण्ड–माधवले लिए पद तथा गोपनीयताको शपथ

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीको पद तथा गोपनीयताको शपथ लिएका छन् । जेष्ठ सदस्य नन्दकुमार प्रसाईंबाट शपथ लिँदै उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, नीति र कार्यक्रम दृढताका साथ पालना गर्ने प्रतिज्ञा गरेका छन् । शपथमा पार्टी एकता जोगाउने, स्वच्छ र नैतिक आचरण कायम गर्ने तथा प्रतिक्रियावादी शक्ति, गलत विचार र गलत व्यवहारविरुद्ध निरन्तर संघर्ष गर्ने प्रतिबद्धता समेटिएको छ ।

तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलहरू एकीकरण भएर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको हो । नवगठित पार्टीका केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई परिचयपत्र हस्तान्तरण गरेका छन् । अब उनीहरूले २४९९ केन्द्रीय सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

Skip This
Skip This
Logo