अन्तिम छलफलका लागि देउवाले बोलाए शर्मा र थापालाई

अन्तिम छलफलका लागि देउवाले बोलाए शर्मा र थापालाई

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मालाई भेटवार्ताका लागि बोलाएका छन् । विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता निष्कर्षमा नपुगेको र निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा अन्तिम विकल्प निकाल्न भेटघाट गर्न बोलाएको स्रोतले बताएको छ ।

यसबीच भृकुटीमण्डपमा विशेष महाधिवेशनको मनोनयन कार्यक्रम बिहान सवा ८ देखि सवा ९ बजेसम्म कायम गरिएको छ ।

विशेष महाधिवेशन पक्षले देउवाले राजीनामा दिएर नयाँ नेतृत्व चयन गर्नुपर्ने वा आगामी निर्वाचनमा उम्मेदवार नहुने विकल्प अगाडि राखेको थियो। तर संस्थापन पक्षका वार्ताकारहरूले “सभापति आफैंले निर्णय दिनुपर्छ” भनी सहमति नजुटेपछि वार्ता निष्कर्षविहीन बनेको छ।

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी छन् भने देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण, शेखर कोइराला पक्षबाट बद्री पाण्डे, जीवन परियार र मिनेन्द्र रिजाल उपस्थित छन्।

Skip This
Skip This
Logo