कांग्रेस सभापतिमा गगन थापा पक्कापक्की

कांग्रेस सभापतिमा गगन थापा पक्कापक्की

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सभापतीमा पक्कापक्की बन्ने देखिएको छ । निर्वाचनमा पार्टी सभापतिका लागि थापाको मात्र उम्मेदवारी दर्ता भएकोले लगभग थापा सभापति बन्ने भएका हुन् ।

निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो ।

निर्वाचन समितिले १ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने समय तोकेको छ । यद्यपि महामनन्त्रीहरू कानुन व्यवसायीहरूसँग परामर्श पनि गरिरहेका छन् । अब अचानक कुनै सहमति भएमा वा वार्ताबाट अन्य कुनै निर्णय नभएमा गगन थापा निर्विरोध सभापति निर्वाचित हुने सम्भावना देखिएको हो ।

यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ ।

बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेका थिए । तर वार्ता निष्र्कषविहिन बनेको थियो ।

Skip This
Skip This
Logo