कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि संशोधन

कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि संशोधन

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । केन्द्रिय निर्वाचन समितिका अनुसार बुधबार राति ८ बजेदेखि मतदान सुरु हुनेछ ।

पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ। विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो।

कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि रहेका छन्।

Logo