काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन सम्पन्न भएपछि पूर्वसभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जाने बताएका छन्।
थापाले भृकुटीमण्डको विशेष महाधिवेशनस्थलबाट बोल्दै कार्यकर्ताहरुलाई कसैप्रति गालीगलौज नगर्न र सामाजिक सञ्जालमा टिप्पणी गर्दा संयम अपनाउन आग्रह गरे। उनले भने, “तपाईंहरू गाउँठाउँमा जाँदा, सामाजिक सञ्जालमा लेख्दा, कृपया कसैको बारेमा गालीगलौज नगर्नुहोस्। केही दिनपछि कांग्रेसको महाधिवेशन सकिने छ। नयाँ निर्णय सार्वजनिक भएपछि हामीले पूर्वसभापति देउवाको आशीर्वाद लिन जानेछौँ। यस क्रममा सबै पार्टी कार्यकर्ताले संयम र अनुशासन कायम राख्नु आवश्यक छ।”





























प्रतिक्रिया