काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी परेको छ। यसअघि महामन्त्रीका लागि उम्मेदवारी दिएका विश्वप्रकाश शर्माले फिर्ता लिँदै घिमिरेलाई अघि सारिएको हो ।
दुई उपसभापतिमध्ये एकमा फरमुल्लाह मन्सुरको उम्मेदवारी परेको छ। उनी यसअघि सहमहामन्त्री थिए। सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री हुन्।
सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ।
कांग्रेसमा एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित गर्नेछ। त्यस्तै, महाधिवेशनले ८ सहमहामन्त्रीसमेत निर्वाचित गर्नेछ।





























प्रतिक्रिया