काठमाडौं । नेकपा एमालेले यही माघ ४ गते देखि चुनावी अभियान थाल्ने भएको छ । ४ गते बागमती प्रदेश कमिटीले प्रज्ञा भवनमा आयोजना गर्न लागेको चुनावी अभियान थाल्ने भएको हो । चुनावी अभियानको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।
सो दिन कार्यक्रम भृकृटीमण्डपबाट शुरु भएर प्रज्ञा भवनमा सभा हुने एमालेले जनाएको छ । सभाबाट बागमती प्रदेश कमिटी अन्तर्गत रहेका १८ वटै निर्वाचन क्षेत्रमा जित्ने घोषणा गर्न लागिएको बागमती प्रदेश उपसचिव भक्तकुमारी लामाले जानकारी दिएकी छन् ।
एमालेले राजधानी उपत्यकाका तीन जिल्ला बाहेकलाई बागमती प्रदेश कमिटीमा राखेको छ ।































प्रतिक्रिया