वार्ता भंग गरिसकें, प्रधानमन्त्रीको चित्त नदुखोस् भनेर मात्रै आएको हुँ -दुर्गा प्रसाईं

वार्ता भंग गरिसकें, प्रधानमन्त्रीको चित्त नदुखोस् भनेर मात्रै आएको हुँ -दुर्गा प्रसाईं

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको भएर सम्मानको लागि मात्र आएको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका प्रसाईंले सरकारसँगको वार्ता भंग भएपनि प्रधानमन्त्रीले चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्यो भनेपछि चिठीको सम्मानका लागि मात्र आएको बताए ।

उनले भने, ‘मैले वार्ता भंग गरेको हुँ । सरकारसँग कुनै वैधानिकता छैन, भएपनि वार्ता भंग गरें । त्यसपछि फेरि चिठी पठाउनु भएको थियो । माघ २ गते वार्तामा आइदिनु भन्नुभएको थियो । जे भएपनि महिला प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको किन चित्त दुखाई दिनु भनेर म वार्ताको लागि आएको मात्र हो ।’

सरकारसँग कुनै वैधानिकता नभएको कारण वार्ता भंग गरेको पनि उनको भनाई छ ।

Skip This
Skip This
Logo