फागुन २१ को चुनावका लागि नयाँ दल दर्ता नहुने : निर्वाचन आयोग

फागुन २१ को चुनावका लागि नयाँ दल दर्ता नहुने : निर्वाचन आयोग

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन का लागि अब नयाँ राजनीतिक दल दर्ता नहुने स्पष्ट गरेको छ । निर्वाचनको मुखैमा देखिएका राजनीतिक विवादका कारण प्रक्रिया अवरुद्ध नहुने निष्कर्षमा आयोग पुगेको हो।

आयोगका अनुसार नेपाली कांग्रेस विभाजन भएको होइन। विशेष महाधिवेशन विधानसम्मत भए–नभएको विषयमा मात्र वैधता परीक्षण गरिएको हो। त्यसलाई आधार मानेर दल विभाजन भएको अर्थ लगाउन नहुने आयोगको ठहर छ ।

निर्वाचन आयोगका एक पदाधिकारीले केन्द्रविन्दुसँग लाई बनाएअनुसार नेपाली कांग्रेस दुई खेमाजस्तो देखिएपछि दुवै पक्ष आयोगमा आएका थिए । तर त्यो दल विभाजनको प्रक्रिया नभएर विशेष महाधिवेशन विधानअनुसार भएको हो कि होइन भन्ने विषयमा आयोगले निर्णय गरेको हो ।

उनका अनुसार आयोगले कुनै पक्ष वा विपक्षमा निर्णय गरेको नभई विशेष महाधिवेशनलाई विधानसम्मत ठहर गरेको हो। आयोगको उक्त निर्णयले निर्वाचन प्रक्रियामा कुनै प्रभाव नपर्ने उनले स्पष्ट पारे।

आयोगका एक उच्चपदस्थ अधिकारीका अनुसार कांग्रेसले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेको छ भने अब दुई दिनपछि प्रत्यक्षतर्फको मनोनयन प्रक्रिया सुरु हुँदैछ । यस्तो अवस्थामा नयाँ दल दर्ता गरी निर्वाचन प्रक्रियामा सहभागी गराउनु सम्भव नहुने आयोगको निष्कर्ष छ ।

Skip This
Skip This
Logo