काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ताको समय थप गर्ने तयारी गरेको छ ।
नेपाली कांग्रेसको आन्तरिक विवादलाई मुख्य कारण मान्दै प्रमुख राजनीतिक दलहरूले गरेको आग्रहलाई ध्यानमा राखेर आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेर मनोनयन दर्ताको मिति केही दिन पर सार्ने तयारी गरेको हो । दलहरुले मनोनयन दर्ताको समय माघ ६ गतेबाट माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरेका हुन् ।
आजै प्रधानमन्त्री कार्कीले आयोगका पदाधिकारीलाई छलफलमा बोलाएकी छन् ।
कांग्रेसमा शेरबहादुर देउवा र गगन थापा पक्षबीच विभाजन देखिएको छ । थापा पक्षले विशेष महाधिवेशन आयोजना गरी आफूलाई बहुमत समर्थन रहेको दाबी गर्दै नयाँ नेतृत्व चयन गरेको थियो । माघ २ गते निर्वाचन आयोगले थापा नेतृत्वको पक्षलाई आधिकारिकता प्रदान गरेको छ । यस निर्णयविरुद्ध देउवा पक्षले आजै सर्वोच्च अदालतमा रिट दायर गरेको छ, जसको सुनुवाइ माघ ६ गतेका दिन तोकिएको छ ।































प्रतिक्रिया