काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी पदभार ग्रहण गरे।
स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका शाहले आइतबारैदेखि लागू हुने गरी उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाए । रास्वपा कार्यालय ‘घन्टीघर’ पुगेका बालेनले प्रांगणमा रहेको घन्टी बजाएर आफ्नो पार्टी प्रवेशलाई आधिकारिकता दिएका थिए।
उनलाई स्वागत गर्न पार्टी सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल लगायत नेताहरू उपस्थित थिए । बालेनले पार्टी प्रवेशपछि केही मिनेटमै कार्यालय छाडे र साँझै जनकपुर यात्रा तय गरेका छन्, जहाँ रास्वपाले भोलि कार्यक्रम आयोजना गर्नेछ ।
स्थानीय तह निर्वाचन ऐनअनुसार, मेयरको पद रिक्त हुँदा बाँकी कार्यकाल एक वर्षभन्दा बढी भए उपनिर्वाचन गर्न सकिन्छ । अहिले बाँकी कार्यकाल करिब १५ महिना भएकाले उपमेयर सुनीता डंगोल स्वतः कार्यवाहक मेयरका रूपमा कार्यभार सम्हाल्दै छिन्।































प्रतिक्रिया