काठमाडौं । नेपाली कांग्रेस बरिष्ठ नेता शेखर कोइराला मोरङ ६ बाट चुनाव लड्ने भएका छन् ।
कांग्रेस संसदीय बोर्डले मंगलबार बिहान मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको हो ।
कांग्रेसका अनुसार मोरङ–१ मा खड्ग फागो चुनाव लड्नेछन्। निर्वाचन क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजालले टिकट पाएका छन् ।
यस्तै क्षेत्र नम्बर ३ मा डा. सुनिल शर्माले दोस्रो पटक टिकट पाएका छन् । क्षेत्र नम्बर ४ मा नवनिर्वाचित महामन्त्री गुरूराज घिमिरे उम्मेदवार बनेका छन् ।
मोरङ–५ मा फूलकुमार लावतीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।





























प्रतिक्रिया