काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदा निवर्तमान सांसदहरूबीच स्पष्ट विभाजन देखिएको छ। केहीले पुनः उम्मेदवारी पाएका छन् भने केही टिकटबाट वञ्चित भएका छन्। यसैबीच केही नेताले पार्टी नै छाडेका छन्।
पुनः उम्मेदवार बनेका निवर्तमान सांसदहरूमा रवि लामिछाने चितवन–२, डोलप्रसाद अर्याल काठमाडौं–९, डा। स्वर्णिम वाग्ले तनहुँ–१, विराजभक्त श्रेष्ठ काठमाडौं–८, मनिष झा धनुषा–३, गणेश पराजुली काठमाडौं–७, सोबिता गौतम चितवन–३, निशा डाँगी झापा–१, डा। तोसिमा कार्की ललितपुर–३, शिशिर खनाल काठमाडौं–६, अशोककुमार चौधरी सुनसरी–३, विनिता कठायत जुम्ला, इन्दिरा राना झापा–२ र हरि ढकाल चितवन–१ बाट चुनावी मैदानमा उत्रिएका छन्।
यसपटक रास्वपाले केही निवर्तमान सांसदलाई पुनः टिकट नदिने निर्णय गरेको छ। टिकट नपाउने निवर्तमान सांसदहरूमा विन्दबासिनी कंशाकार, डा. चन्दा कार्की (भण्डारी), असिम शाह, लक्ष्मी तिवारी र शिव नेपाली रहेका छन्।
यसैबीच रास्वपाका दुई निवर्तमान सांसद पार्टीबाट अलग भएका छन्। सुमना श्रेष्ठ र सन्तोष परियारले पार्टी छाडेको जानकारी सार्वजनिक भएको छ।
रास्वपाले उम्मेदवार छनोटमा निरन्तरता र कटौती दुवै नीति अपनाएको देखिएको छ।





























प्रतिक्रिया