धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका छन् ।
साम्पाङ मनोनयन दर्ताका लागि समर्थकहरूसहित आयोगको कार्यालय गएका थिए ।
उनी २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयरमा निर्वाचित भएका थिए । मनोनयन दर्ता गरेपछि साम्पाङले जित सुनिश्चित भएको भन्दै अब संघीय सरकारको नेतृत्व गर्ने बताए ।































प्रतिक्रिया