झापा। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको आज निरीक्षण गरेका छन् ।
झापा–५ मा आज उम्मेदवारी मनोनयनका लागि झापा पुगेका अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको इलाका प्रहरी कार्यालय दमक र दमक नगरपालिकाको निरीक्षण गरेका हुन् ।
निरक्षणका क्रममा उनले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा पार्टी कार्यकर्तासँग छलफल गरेका पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए ।





























प्रतिक्रिया