सङ्खुवासभा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सरिता थापाले मनोनयन दर्ता गरेकी छन्।
कोशी प्रदेशसभाकी पूर्वसांसदसमेत रहेकी थापा लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय नेतृका रूपमा परिचित उनलाई नेकपाले उम्मेदवार बनाएको हो ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा हाल २२ वटा राजनीतिक दल सक्रिय छन्। जिल्लामा कुल १ लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन्, जसका लागि निर्वाचन आयोगले १ सय ९ मतदान स्थल र १ सय ६४ मतदान केन्द्र तोकेको जनाएको छ ।































प्रतिक्रिया