बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

केन्द्रबिन्दु
6
Shares

बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराबाट एक स्वतन्त्रसहित सात दलले उम्मेदवारी दर्ता गरेका छन् ।

मङ्गलबार भएको मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत सञ्जिव पोखरेलका अनुसार नेपाली कांग्रेसबाट जनकराज गिरी, नेकपा (एमाले) बाट लालबहादुर थापा र नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाशबहादुर शाहले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशरबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले उम्मेदवारी दर्ता गरेका छन् ।

Logo