काठकाडौँ । भक्तपुर–२ मा वरिष्ठ पत्रकार कवीर राणा चर्चित पत्रकार राजिव खत्री र पत्रकार जन्मदेव जैसी चुनावी मैदानमा उत्रिएका छन् । पत्रकार जन्मदेव जैसी कालिकोट स्थायी घर भएका हुन् र प्रगतिशील लोकतान्त्रिक पार्टी का केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष हुन्।
जैसीले पार्टी अध्यक्ष परिषदका सदस्य एवं पूर्वसांसद सन्तोष परियारको प्रस्ताव र दयाराम वाग्लेको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन्।
यस्तै नेपाली कांग्रेसको तर्फबाट वरिष्ठ पत्रकार कवीर राणालाई टिकट दिएको छ । राणा देशान्तर साप्ताहिकका प्रधानसम्पादक पनि हुन् । चर्चित पत्रकार राजिव खत्रीले पनि चुनावी मैदानमा छन् । यहाँ नेकपा
एमाले सचिव महेश बस्नेत, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’ उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेपाल जनसेवा पार्टीबाट शोभा पाठक उम्मेदवार बनेकी छन्।
यस क्षेत्रको निर्वाचन रोचक हुने देखिएको छ । यहाँ १७ राजनीतिक दल तथा १५ स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।































प्रतिक्रिया