इलाम पुगेर घरदैलो गर्दै बालेन, मतदाताको विश्वास जित्न वृद्ध मतदातालाई फकाउँदै[तस्विरमा हेर्नुहोस्]

इलाम पुगेर घरदैलो गर्दै बालेन, मतदाताको विश्वास जित्न वृद्ध मतदातालाई फकाउँदै[तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चुनावी अभियानअन्तर्गत इलाम पुगेका छन्। रास्वपा उम्मेदवारको प्रचारप्रसारको लागि उनी आज इलाम पुगेका हुन्।

इलाम पुग्नासाथ बालेन शाहले जिल्लाका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम सुरु गरेका छन् । इलाम बजारबाट सुरु भएको यो अभियानमा उनी इलाम–१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम–२ का उम्मेदवार गोकुलबहादुर राईसँगै देखिएका छन् । घरदैलोका क्रममा शाहले स्थानीय मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्दै रास्वपाको नीति तथा कार्यक्रमबारे जानकारी दिइरहेका छन्।

यसअघि गत मङ्गलबार झापा–५ मा उम्मेदवारी दर्ता गरेका बालेनले बुधबार झापाकै मतदाताहरूसँग भेटघाट गरेका थिए । दमकमा रहेको चुनावी कार्यालयबाट सुरु भएको उनको अभियानले स्थानीय युवा तथा वृद्ध मतदाताहरूबाट उल्लेखनीय समर्थन पाएको छ । झापा–५ मा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रतिस्पर्धालाई ‘महत्वपूर्ण द्वन्द्व’ को रूपमा हेरिएको छ ।

झापाबाट इलाम पुग्नु रास्वपाको पूर्वी नेपालमा आधार विस्तार गर्ने रणनीतिको महत्वपूर्ण हिस्साका रुपमा हेरिएको छ । चुनाव नजिकिँदै गर्दा बालेनको अभियानले स्थानीय मुद्दाहरू जस्तै पर्यटन, मन्दिर संरक्षण र प्रदेश सशक्तीकरणलाई प्राथमिकता दिएको छ । इलामको चिया बगान तथा पर्यटकीय क्षेत्रहरूमा उनको घरदैलोले मतदाताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

Logo