उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप

उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको उच्चस्तरीय आयोगको थप २० दिन म्याद थपेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले २० दिन म्याद थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यसअघि एक महिनाका लागि जाँचबुझ आयोगको समय थपिएको थियो। उक्त समय अवधिमा आयोगले सबै उच्च अधिकृतको बयान सकाएको छ।

अब प्रतिवेदन लेखनको काम नसकिएकाले आयोगले थप समय मागेको हो।

Skip This
Skip This
Logo