काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेता हरिवोल गजुरेल सहित प्रेस सेन्टरका महेश्वर दाहाल सहितका ७ जनालाई कार्बाही गरेको छ ।
पार्टीको आधिकारिक निर्देशनभन्दा बाहिर गएर उम्मेदवार, प्रस्ताव र प्रचारमा हिँडेको भन्दै नेकपाले उनीहरुलाई कार्बाही गरेको हो।
पार्टीको आदेश विपरित सिन्धुली २ मा महेश्वर दाहाल बागी उम्मेदवार बनेका छन्। उनलाई नेता हरिबोल गजुरेलले साथ दिएका छन्। त्यहाँ नेकपाले राजन दाहाललाई उम्मेदवार बनाएको छ ।
यस्तैगरी दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिराहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्बाहीमा परेका छन् । धर्मनाथ नेकपा छाडेर सिराहा ४ मा एमालेबाट उम्मेदवार बनेका छन्।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका केसीले दाङ १ मा बागी उम्मेदवारी दिएका छन्। पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि उनले बागी उम्मेदवारी दिएका थिए। उनलाई पनि पार्टीले कार्बाही गरेको छ ।
































प्रतिक्रिया