काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला गर्ने भएको छ ।
विशेष महाधिवेशनबाट बाहिरिएको सो समूहले राष्ट्रिय सभाको निर्वाचनपछि राष्ट्रिय भेला गर्ने तयारी गरेको होे । राष्ट्रिय सभाको निर्वाचन भोली हुँदैछ ।
राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेताहरुसंगको छलफललाई तिव्रता दिएका छन् ।
विशेष महाधिवेशनपछि विकसित पार्टीको आन्तरिक राजनीति र त्यसअघिको परिस्थितिका बारेमा छलफल गर्न र पार्टीले अव अपनाउने रणनीतिका बारेमा भेला आयोजना हुने सो समुहले जनाएको छ । कहिले कहाँ गर्ने भन्ने टुङ्गो भने लागिनसकेको एक नेताले बताए ।































प्रतिक्रिया