नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरुको देशैभर लर्को लागेको छ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरुको देशैभर लर्को लागेको छ : प्रचण्ड

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले युवाहरुको काँधमा देशको भविष्य हुने भन्दै युवाहरुको जनचाहाना अनुसार नेपाली कम्युनिस्ट पार्टी अगाडी बढीरहेको बताए । शनिवार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दलमा आवद्ध ५ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले बाम शक्तिहरुविचमा ध्रुविकरणको आवश्यकता औँलाउँदै सवै बाम एकैठाम हुनुको विकल्प नभएको जिकिर गरे । नेपाली कम्युनिस्ट पार्टीमा देशैभर प्रवेश गर्नेहरुको लर्को लागेको भन्दै प्रचण्डले आउँदो चुनाव सम्म धेरै शक्ति र समुह नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध भएर अगाडि बढ्ने समेत जिकिर गरे । नवप्रवेशीहरुलाई देश र जनताका पक्षमा इमान्दारीपूर्वक काम गर्न अनुरोध गरे ।

नेकपा प्रवेश गर्नेहरुमा काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, खोटाङ, पर्वत सहित विभिन्न जिल्लाका ५२ जना भन्दा बढी युवाहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् । अन्य पार्टीहरुमा राजनैतीक भविष्य नभएको भन्दै नेकपामा प्रवेश गरेको उनीहरुले बताएका छन् ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

Skip This
Skip This
Logo