ओलीप्रति बालेनको धारिलो कटाक्ष : ७६ बच्चाको हत्यारासँग एउटै मञ्च साट्न सम्भव छैन

ओलीप्रति बालेनको धारिलो कटाक्ष : ७६ बच्चाको हत्यारासँग एउटै मञ्च साट्न सम्भव छैन

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक डिबेटको प्रस्ताव गरेपछि चुनावी बहस तात्ने अपेक्षा गरिएको थियो । तर अर्का उम्मेदवार तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले डिबेट अस्वीकार गर्दै बहसलाई वैचारिक टकरावभन्दा नैतिक र राजनीतिक उत्तरदायित्वतर्फ मोडिदिएका छन् ।

बालेनले सामाजिक सञ्जालमार्फत दिएको प्रतिक्रियामा डिबेटको औपचारिकता भन्दा पनि विगतका राजनीतिक घटनामा जिम्मेवारी स्वीकार नगरेसम्म संवाद सम्भव नहुने संकेत गरेका छन् । उनले जेन–जी आन्दोलनसँग जोडिएका हिंसात्मक घटनाको सन्दर्भ उठाउँदै राजनीतिक नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

बालेनले ७६ जना बच्चाको हत्यारा र उसको मतियार सँग एउटै मञ्चमा उभिनु भनेको आँफू पनि त्यसमा सामेल भएको हुन सक्ने भन्दै ठाडो इन्कार गरेका छन् ।

ओलीले सार्वजनिक मञ्चमा बहसको आह्वान गरे पनि त्यसको जवाफमा बालेनले नैतिक उत्तरदायित्व र विगतका घटनाको स्वीकारोक्तिलाई पहिलो सर्त बनाएका छन् ।

ओलीले सामाजिक सञ्जाल मार्फत पब्लिक डिबेटको लागि तयार भएको बताएका थिए ।

नयाँ÷पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ।

यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।

फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के ग¥यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।

Skip This
Skip This
Logo