राष्ट्रिय सभाको निर्वाचनका लागि सातै प्रदेशमा मतदान जारी

राष्ट्रिय सभाको निर्वाचनका लागि सातै प्रदेशमा मतदान जारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । राष्ट्रियसभाको निर्वाचनमा आज विहान ९ बजेबाट मतदान शुरु भएको छ । फागुन २० गतेदेखि रिक्त हुने पदका आज सातै प्रदेशमा मतदान शुरु भएको हो ।

कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएकाले बाँकी १७ पदका लागि सात प्रदेशमा मतदान भइरहेको छ ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेश प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषामा मतदान जारी छ ।

यस्तै, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान भइरहेको छ ।

गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा अहिले मतदान भइरहेको छ ।

निर्वाचनमा प्रत्येक प्रदेशका प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

Logo