आचारसंहिताको घेरोले रोकेपछी कांग्रेसको चुनावी सभा स्थगित

आचारसंहिताको घेरोले रोकेपछी कांग्रेसको चुनावी सभा स्थगित

केन्द्रबिन्दु
39
Shares

जनकपुरधाम । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा तय गरेको मधेशको चुनावी सभा स्थगित गरेको छ ।

निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले चुनावी प्रचारप्रसार केन्द्रित कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको कांग्रेस मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिएका छन् ।

आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने उनले बताए । नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेको उनको भनाई छ ।

Logo