दमक । आदिवासी धिमाल जातीहरुको भेलाले आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) का सूर्यध्वाजावाहक उम्मेद्धवारहरुलाई विजय गराउन धिमाल निर्वाचन परिचालन समिति गठन गरेको छ ।
मोरङको उर्लावारी स्थित मंगलवारेमा रहेको दश विघेको धिमाल जातीय विकास केन्द्रमा भएको भेलाले धिमाल संघका केन्द्रीय संचिव मणीराज धिमालको संयोजकत्वमा ३१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका उम्मेद्धवारलाई जिताउन गठन गरिएको समितिको सहसंयोजकमा खड्ग बहादुर धिमाललाई चयन भएका छन् ।
झापा, मोरङ लगायतका पूर्वमा बसोवास गर्ने आदिवासी धिमाल समुदायवाट सदस्यहरुमा गिरीराज धिमाल, गजेन्द्र धिमाल, मिलन धिमाल, शान्ति धिमाल, अम्बर धिमाल, लाल बहादुर धिमाल, रोमान्स धिमाल, सरीराज धिमाल र मिना धिमाल लगायत रहेका छन् ।































प्रतिक्रिया