एमाले र प्रलोपाबीच चुनावी तालमेल, रुकुम पूर्व र पश्चिममा आँखालाई सघाउने

एमाले र प्रलोपाबीच चुनावी तालमेल, रुकुम पूर्व र पश्चिममा आँखालाई सघाउने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र पश्चिममा नेकपा एमालेले प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)लाई सघाउने भएको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्गा सोवबीच आइतबार तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । रुकुम पश्चिममा प्रलोपाको तर्फबाट जनार्दन शर्मा उम्मेदवार छन् भने पूर्वमा सन्दीप पुन उम्मेदवार छन् । प्रलोपाको चुनाव चिन्ह आँखा हो ।

त्यस्तै कर्णालीका हुम्ला जुम्लाबाहेकका जिल्ला र पुरानो राप्ती अञ्चल (दाङ, रूकुम,रोल्पा रूकुम, प्यूठान) का जिल्लामा एमालेका उम्मेदवारलाई प्रलोपाले सघाउने सहमति बनेको छ ।

Logo