कोशी प्रदेशमा मेचे, पोर्तेल र थापा निर्वाचित

कोशी प्रदेशमा मेचे, पोर्तेल र थापा निर्वाचित

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा कांग्रेस, एमाले र जसपा गठबन्धनले तीनै सिटमा विजय हात पारेको छ।

आज भएको निर्वाचन महिला सदस्यमा एमालेकी रोशनी मेचे, दलित सदस्यमा एमालेका सोमनाथ पोर्तेल विजयी भएका हुन् । अन्यतर्फ भने कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

झापाका पोर्तेलले कूल ७ हजार ४ सय २३ मतभार प्राप्त गरेका छन्। उनले ६८ जना प्रदेशसभा सदस्यको मत पाउँदा स्थानीय तहका २०१ जनाको मत प्राप्त गरेका छन्।

उनका प्रतिष्पर्धी नेकपाका खेम सुन्दासले २ हजार २७ मतभार प्राप्त गरेका छन्। उनलाई १८ जना प्रदेशसभा सदस्य र ५७ जना स्थानीय तहका प्रतिनिधिले मत दिएका छन्।

महिला सदस्यमा एमालेकी मेचेले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत पाएर राष्ट्रियसभाको यात्रा निश्चित गरेकी हुन्। उनले प्राप्त गरेको कूल मतभार ७ हजार १७३ हो।

उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गरेकी छन्। उनलाई २२ जना प्रदेशसभा सदस्यले मत दिएका छन्।

Logo